मोबाइल बिगार्ने एप्लिकेसन
तँपाईले जुनै प्रकारको मोबाइल फोन प्रयोग गरे पनि विभिन्न प्रकारको एप्लिकेसन डाउनलोड गर्नु हुन्छ । तर सहजता र रमाइलोका लागी प्रयोग गरिने यी मोबाइल एप्लिकेसनका कारण छिटो मोबाइलको ब्याट्री सकिनुका साथै ब्याट्री पनि छिटो बिग्रन्छ । इन्टरनेट टेक्नोलोजी सम्बन्धी जानकारी दिने वेवसाइट म्यासेबलका अनुसार हाम्रो मोबाइलको ब्याट्री प्रमुख गरेर ९ वटा एप्लिकेसनका कारण बिग्रन्छ ।
मोबाइलको ब्याट्री छिटो सकाउने र बिगार्ने पहिलो एप्पिलकेसन क्यारेट हो । क्यारेट नामक यो एप्लिकेसनले मोबाइलमा एप्लिकेसन चलाउँदा कति ब्याट्री खर्च हुन्छ भन्ने बताउँछ । तर उ आफैंले सबैभन्दा धेरै ब्याट्री खर्च गर्छ र ब्याट्री पनि विगार्छ । हामी मध्ये धेरैले प्रयोग गर्ने फेसबुक मोबाइलको ब्याट्रीलाई छिटो हानी गर्ने दोश्रो एप्लिकेसन हो । अरु एप्लिकेसनसँग प्रयोग गर्दा आफैं रिफ्रेस हुने र भिडियो प्रयोग गरे जत्तिकै डाटा प्रयोग गर्ने हुनाले फेसबुकले धेरै ब्याट्री प्रयोग गर्छ ।
त्यस्तै गुगल म्याप र नक्सा हेर्न प्रयोग हुने यस्तै प्रकारका एप्लिकेसन ब्याट्री धेरै खर्च गर्नेमा तेस्रो नम्बरमा पर्छन् भने क्यामराको प्रयोग गर्ने एप्लिकेसन चौथो नम्बरमा पर्छन् । क्यामरा प्रयोग गर्ने एप्लिकेसनले फोटो खिचे कै दरमा ब्याट्रीको प्रयोग गर्छन् । पाँचौ नम्बरमा भने मौसम हेर्ने एप्लिकेसन रहेका छन् । ठाँउ र समय परिवर्तन भए लगत्तै रिफ्रेस हुने भएकाले यो एप्लिकेसनले धेरै ब्याट्रीको प्रयोग गर्छन् । छैटौं र सातौं नम्बरमा फेसबुकजस्तै सामाजिक सञ्जाल स्काइप र ट्वीटर छन् । फेसबुकजस्तै आर्फै रिफ्रेस हुने भएकाले यी मोबाइल एप्लिकेसनले धेरै ब्याट्री प्रयोग गर्छन् ।
त्यसपछि रेष्टुरेन्ट रहेको ठाउँ र त्यहाँ उठेको पैसा थाहा पाउन प्रयोग हुने स्काउर वालेट नामको एप्लिकेसनले विगतको समयमा कम ब्याट्रीको प्रयोग होस् भनेर केही सुधार ल्याए पनि गुगल म्यापले प्रयोग गर्ने जत्तिकै ब्याट्रीको प्रयोग गर्छ । यसले ब्याट्री बिगार्ने सम्भावना अझ धेरै छ । अन्त्यमा भने एङ्ग्री बर्ड रहेको छ । सित्तैमा खेल्न मिल्ने यो र योजस्तै अरु खेलमा विज्ञापन धेरै हुने भएकाले यी खेलले धेरै ब्याट्रीको प्रयोग गर्छन् ।
तर यदी केही सावधान रहेमा हामी यी एप्लिकेसनले गर्ने हानी कम गर्न सक्छौं । सुरुमा तँपाई कुन ठाँउमा हुनुहुन्छ भनेर पत्ता लगाउने एप्लिकेसनलाई बन्द गर्नु पर्छ । यो गरेमा मौसम बताउने र गुगल म्यापजस्ता एप्लिकेसन आफैं रिफ्रेस हुन पाउँदैनन् ।
योसँगै धेरै विज्ञापन प्रयोग गर्ने कुनै पनि एप्लिकेसन र पेज मोबाइलबाट प्रयोग नगर्दा राम्रो हुन्छ । नयाँ नयाँ विज्ञापन आइरहने भएकाले डाटा लोड गर्दा यसले धेरै ब्याट्री प्रयोग गर्छ । अर्को उपाय भने आफुलाई नचाहिएको बेला मोबाइलको नेट कनेक्सन बन्द गर्दा राम्रो हुन्छ । घरीघरी आउने नचाहिने नोटिफिकेसनलाई बन्द गर्न सके पनि मोबाइलको ब्याट्री बचाउन सकिन्छ ।
how to remove tha pattencod or password haedrd reset samsung
- the battery.
- 2. If the phone still won't start, follow the steps below.
- 3. Press and hold the Volume down button, the Volume up button and the Power button. Keep the buttons held down until the Samsung logo appears.
- 4. Scroll to wipe data/factory reset by pressing the Volume down button.
- 5. Touch Home.
- 6. Scroll to Yes -- delete all user data by pressing the Volume down button.
- 7. Touch Home.
- 8. The phone will now wipe all contents.
- 9. Touch Home.
- 10. The phone will now reboot to the initial setup screen.
अर्को वर्ष मोबाइलले मान्छेलाई जित्ने
अर्को वर्ष मोबाइलले मान्छेलाई जित्ने
पूर्व सोभियत संघ आबद्ध देशहरुमा सबैभन्दा धेरै मोबाइल घनत्व रहेको र एकजना व्यक्तिसँग औषतमा १.७ वटा मोबाइल फोन प्रयोगमा रहेको रिपोर्टले देखाएको छ । अफि्रकामा भने मोबाइल फोनको प्रयोग सबैभन्दा कम छ । त्यहाँ हरेक १ सय जनामा केवल ६३ जनाले मात्र मोबाइल फोनको प्रयोग गर्ने गरेका छन् ।
अनलाइन पहुँचको हिसाबले युरोप सबैभन्दा अगाडि अर्थात् ७५ प्रतिशत छ । अमेरिका दोश्रो, एसिया तेश्रो तथा अफि्रका १६ प्रतिशत सहित सबैभन्दा तल्लो स्थानमा छ ।
किन तपाइंको मोबाईलमा नेपाली Font Reading गर्न मिल्दैन
Facebook जस्ता अन्य Internet Site घुम्नको लागी नेपाली उपभोक्ताहरु
Computer भन्दा बढी सायद Mobile Ipnone Galaxy जस्ता बिभिन्न किसिमका
Device हरु प्रयोग गर्ने नै बढी होलान र Internet मा जानको लागी कुनै न
कुनै Browser चाहिन्छ र त्यसमध्य एक Opera Mini प्रख्यात Browser मा पर्छ र
यसमा एउटै Problem छ की सबै देशका Font हरु Reading गर्न नमिल्ने समस्या
आउँछ र हामीलाई अरु Font reading गर्न मिलोस या निमिलोस तर नेपाली Font भने
अती आबश्यकता हुन्छ खासगरी Facebook चलाउँदा तर प्राय साथीहरुले
Opera Mini चलाइराखेका होलान र Nepali Font भने पढ्न नमिल्ने त्यसको बारेमा मैले यहाँ तल केहि चर्चा गरेको छु यदी तपाईं पनि Opera Mini User हुनुहुन्छ भने कृपया यहाँ तलको तरीका अपनाउनुस
१. सबैभन्दा पहिला तपाइंले आफ्नो Device बाट Opera Mini लाई खोल्नुस
२. र त्यहाँ Opera Mini को Address bar मा Config: Type गरेर Ok गर्नुस
३. त्यसपछी त्यहाँ Opera Configuration Page खुल्नेछ र त्यस Page को अन्तिमतिर हेर्नुहोस "Use bitamp fonts for complex scripts" लेखेको Option देख्नुहुनेछ त्यहाँ "No" बाट "Yes" गराउनुहोस
४. र अन्त्यमा "Save" गर्नुहोस
अब देखी Opera Mini ले Nepali font Support गर्ने छ र तपाईं सजिलै नेपाली अक्षर पढ्न सक्नुहुनेछ धन्यबाद |
Opera Mini चलाइराखेका होलान र Nepali Font भने पढ्न नमिल्ने त्यसको बारेमा मैले यहाँ तल केहि चर्चा गरेको छु यदी तपाईं पनि Opera Mini User हुनुहुन्छ भने कृपया यहाँ तलको तरीका अपनाउनुस
१. सबैभन्दा पहिला तपाइंले आफ्नो Device बाट Opera Mini लाई खोल्नुस
२. र त्यहाँ Opera Mini को Address bar मा Config: Type गरेर Ok गर्नुस
३. त्यसपछी त्यहाँ Opera Configuration Page खुल्नेछ र त्यस Page को अन्तिमतिर हेर्नुहोस "Use bitamp fonts for complex scripts" लेखेको Option देख्नुहुनेछ त्यहाँ "No" बाट "Yes" गराउनुहोस
४. र अन्त्यमा "Save" गर्नुहोस
Subscribe to:
Posts (Atom)
मोबाइल, क्यामरा तथा ल्यापटप पानीमा भिज्यो भने के गर्ने
विद्युतिय सामानको सुरक्षामा चनाखो बन्नुपर्छ । हामीले आफ्ना ग्याजेटमा पानी पर्न नदिनका लागि भरमग्दुर प्रयास गर्दागर्दै पनि कहिलेकाहीँ दुर्भाग्यवश पानीमा पर्नसक्छ । त्यस्तो बेलामा ग्याजेटलाई बिग्रन नदिनका लागि निम्न उपाय अपनाउनु पर्छ ।
१. तपाइँको ग्याजेइल फोन, ल्यापटप वा क्यामरा नै किन नहोस् यदि भिजिहाल्यो भने तत्काल स्विच अफ गर्नुहोस् र ब्याट्री निकाल्नुहोस् ।
२. मेमोरी कार्ड तथा सिमकार्ड लगायतका सामान पनि बाहिर निकाल्नुहोस् ।
३. ग्याजेटलाई हल्लाएर र झट्कारेर भित्र पसेको पानीलाई बाहिर निकाल्ने प्रयास गर्नुहोस् ।
४. बाहिर भागलाई सुख्खा बनाउनका लागि सुकिलो कपडा वा कागजले पुछ्नुहोस् तर खस्रो सामानले रगड्ने काम नगर्नुहोस् ।
५. ग्याजेटबाट ओसिलोपना हटाउन त्यसलाई एअर कन्डिसनरको नजिकै राख्नुहोस् तर पंखा वा हेयर ड्रायरको प्रयोग गरेर ग्याजेट सुकाउने प्रयास नगर्नुहोस् ।
६. सम्भव भए तपाइँको भिजेको मोबाइल, ल्यापटप वा क्यामरालाई केहीबेर धानको थुप्रोभित्र खुसाएर राख्नुहोस् यसो गर्दा चिस्यास सोसिन्छ । तर यसो गर्दा ग्याजेटमा धुलो र भुस पर्नबाट जोगाउनुपर्छ । केही घण्टा धानको थुप्रोमा राख्न सकियो भने चिस्यान पूरै सोसिन्छ ।
८. धान भित्रबाट ग्याजेट निकाल्नुहोस् । चिस्यान भए नभएको राम्ररी हेर्नुहोस् । कतै चिस्यान देखिएमा कान कोट्याउने बड अल्कोहल स्पि्रटमा चोपेर चिस्यान भएको ठाउँमा बिस्तारै दल्नुहोस् त्यसो गर्दा ओसिलोपना हराउँछ । त्यसपछि बिस्तारै आफ्नो ग्याजेटको स्विच अन गर्नुहोस् । उल्लेखित ८ तरिका अपनाएमा तपाइँको ग्याजेटलाई पानीले असर पूराउन पाउँदैन । तर भित्री भागमा धेरै पानी पसिसकेको वा पानीमा भिजेको लामो समय भैसकेको ग्याजेटका लागि भने यो उपाय कामयावी नहुन सक्छ ।
